भारतमा कोरोना संक्रमण घट्दै, २४ घण्टमा ३ लाख ११ हजार १७० मा संक्रमण
baahrakhari.com · Mon May 17 00:22:00 GMT 2021
काठमाडौं । भारतमा कोरोना संक्रमणको दरमा केही कमी आएको छ । दैनिक ४ लाखको हाराहारीमा संक्रमण हुँदै आएको भारतमा पछिल्लो हप्ता यो संख्यामा केही कमी आउन थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ११ हजार १७० जनामा कोरोना संक्रमण भएको छ ।
सोही अवधीमा ४ हजार ७७ ले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । संक्रमणको संख्यामा केही कमी आए पनि मृत्यु दरमा भने उल्लेख्य कमी आएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)