धनुषामा प्रहरीद्वारा हवाइ फायर
lokaantar.com

धनुषाको विदेह नगरपालिका–८ बफैमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले आइतबार हवाइ फायर गरेको छ ।
लागुऔषध कारोबारमा संलग्न शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा ७/८ जनाको समूहले प्रहरीमाथि लाठीभाटालगायतले आक्रमण गर्न खोजेपछि प्रहरीले पेस्तोलबाट एक राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)