सहिद परिवारलाई राहत
ekantipur.com · Fri Jan 20 00:39:44 GMT 2023
धनुषा — मधेस प्रदेश सरकारले मधेस आन्दोलनका क्रममा सहिद भएकाका परिवारलाई नगद २ लाख रुपैयाँसहित सम्मान गरेको छ । मधेस आन्दोलनको क्रममा माघ ५ गते सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई यहाँ बलिदानी दिवसका रुपमा मनाइन्छ । प्रदेश सरकारले उक्त दिवसमा बिहीबार प्रदेशमा सार्वजनिक बिदा दिएको थियो ।
प्रदेश सरकारले ८ वटै जिल्लाबाट आएका सहिदका परिवारलाई कम्मलसहित २ लाख रुपैयाँको चेक प्रदान गरेको थियो । मधेसी सहिद प्रष्ठिानले आयोजना गरेको कार्यक्रममा ६१ सहिदका परिवारलाई कम्मलसहित २ लाख रुपैयाँ उपलब्ध गराएको छ । मधेस प्रदेशका बिनाविभागिय मन्त्री संजय यादवले सहिदका परिवारलाई रकम हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)