कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य स्थगित
onlinekhabar.com · Thu Apr 29 00:31:14 GMT 2021
१६ वैशाख, काठमाडौं । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते (विहीबार)देखि स्थगित गर्ने निर्णय गरेको हो ।
वैशाख १६ गते पनि सो खोप काठमाडौंमा निरन्तर सन्चालन गर्ने भनिएकोमा अब सो खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनश्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)