मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भव्य बन्यो केशरमहल

gorkhapatraonline.com · Tue Jan 16 00:02:17 GMT 2024

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २ गते । पुनर्निर्माण थालिएको चार वर्षमा केशरमहल भव्य र आकर्षक रूपमा तयार भएको छ । २०७६ माघदेखि पुनर्निर्माण थालिएको केशरमहलको ९५ प्रतिशत काम पूरा भएको छ । निर्माण कम्पनीले सरकारलाई आगामी फागुनमा भवन हस्तान्तरण गर्ने योजना बनाएको छ । अब ढल व्यवस्थान, रङ्गरोगन र सरसफाइको काम मात्र बाँकी छ । गाडी पार्किङ स्थलमा ढुङ्गा छाप्ने कार्य धमाधम भइरहेको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको केशरमहलको पुनर्निर्माण कार्य गत २०७८ मङ्सिरमा सम्पन्न भइसक्नुपर्नेमा त्यहाँ रहेका कार्यालय सार्न ढिला हुँदा र कोभिड–१९ ले गर्दा निर्माण कार्य ढिला हुन पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)