कोरला नाका सञ्चालन भएपछि स्थानीयवासीलाई रोजगारी
Ujyaaloonline.com · Tue Dec 23 12:39:51 GMT 2025

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरूपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयवासीले रोजगारी प्राप्त गरेका छन् । कोरला नाकामा रहेकाे नेपालतर्फको दशगजा क्षेत्र र कोरलामा रहेकाे चीनतर्फ लिमी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् ।
यो नाका विसं २०८० कात्तिक २७ गतेदेखि खुला भएको थियो । त्यसअघि माथिल्लो मुस्ताङका नागरिक कृषि पशुपालन र घरायसी कामधन्दामा सीमित थिए । याे नाका माथिल्लो मुस्ताङका नागरिकका लागि मात्रै खुला हुँदै आएकामा सरकारले अन्तरदेशीय व्यापारिक मार्गका रूपमा गएकाे भदाै ३० गते पूर्णरूपमा खुला गरेको हो ।
लोमान्थाङ गाउँपालिका–२ किम्लिङका स्थानीयवासी लिन्डुप गुरुङ कोरला नाकामा त्रिपाल टाँगेर व्यापार गरिरहनुभएको छ । नाका नखुल्दा कृषि र पशुपालनमै सीमित गुरुङले कृषि र पशुपालनलाई थाती राखेर व्यापार गर्न थाल्नुभएको बताउनुभयो । यहाँ त्रिपाल टाँगेर व्यापार गर्ने झन्डै ८०/९० जनामध्ये अहिले धेरैजसो जाडो छल्न बेँसी झरिसकेका छन् ।
यो नाका समुद्री सतहदेखि ४ हजार ६१० मिटरको उचाइमा रहेकाे छ । नाकामा चिसोका कारण पर्यटकीय रौनक घटे पनि नाका बन्द हुँदैन । नाकामा व्यापार गर्नेहरूले आन्तरिक रूपमा व्यापार व्यवसाय चलाउने आन्तरिक नियम बनाएका छन् । पर्यटकहरूलाई चिनियाँ उत्पादन बिक्री गर्न आलोपालो व्यापार गर्ने सहमति छ । त्रिपाल टाँगेर व्यापार गर्नेहरूका लागि एक जीप बराबर दुई जना व्यापारीले व्यापार गर्न पाउने र चार वटा मोटरसाइकल आएमा एक जीप बराबर दुई जनाले व्यापार गर्न पाउने नियम बनाएको स्थानीय व्यापारी लिन्डुप गुरुङले जानकारी दिनुभयो ।
नाकामा तीन सय जनाभन्दा धेरैले व्यापार व्यवसाय सञ्चालन गरेका छन् । यहाँ एक सय जनाभन्दा धेरै युवाले लोड–अनलोड र विद्युतीय गाडी तथा मालवाहक कन्टेनर भित्र लाने/ल्याउने काम पाएका छन् । ती युवाहरूले दैनिक पाँचदेखि १० हजार रुपैयाँसम्म आम्दानी गर्छन् ।
अन्तिम अपडेट:
पुस ८, २०८२
Disclaimer:
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Read More
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)