मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अविरल वर्षा र हावाहुरीले बाँके खजुराका प्रेम दमाईको घर ढल्यो

gorkhapatraonline.com · Sun Sep 27 17:51:14 GMT 2026

लगातारको बर्षा र हावाहुरीले गर्दा बाँकेका विभिन्न स्थानमा डुबान हुनुका साथै केही कच्ची घर समेत ढलेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार अविरल बर्षा र हावाहुरीबाट खजुरा गाउँपालिका वडा न ६ सिमलघारी पश्चिमी १ नम्बर लाईन टोल निवासी प्रेम बहादुर दमाईको माटोको पर्खाल भएको घर र छानो कामै नलाग्ने गरी भत्किएर ढलेको छ ।

दमाईले लगातार वर्षाका कारण घर भत्किएर ढलेको जनाउँदै परिवारलाई कहाँ राख्ने र के खुवाउने भन्ने चिन्ताले सताइरहेको बताउनुभएको छ । उहाँले १५ वर्षअघि माटोको पर्खाल र छानामा सिमेन्टको टायल लगाएर निर्माण गरेको गरिएको घर मात्र नढलि आफ्नो सबै सपना र चाहनाहरु प्नि ढलेको बताउनुभयो । दमाईको घर भत्किएर ढलेपछि खाद्यान्न, लत्ताकपडा, बच्चाको कापी किताब सबैमा नोक्सानी पुर्याएकोले उहाँका लागि सहयोगको आवश्यकता परेको खजुरा निवासी सतिश निरौलाले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)