पहिरोले मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध
gorkhapatraonline.com · Sun Sep 27 18:00:52 GMT 2026

लगातारको वर्षाका कारण आएको बाढी र पहिरोको कारण मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको रुकुमपूर्व खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राईले भूमे गाउँपालिका –१ को बडीखोलाखण्डमा आएको बाढी र पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको जानकारी दिनुभयो । उहाँका अनुसार सडकको विभिन्न स्थानमा पहिरो झरेको छ भने बाढीले सडक नै चिरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)