पछिल्ला तीन घण्टामा कञ्चनपुरको हनुमाननगरमा सबैभन्दा बढी वर्षा, अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना
ratopati.com · Sun Jul 20 18:04:00 GMT 2025

काठमाडौँ। पछिल्ला तीन घण्टामा देशभरमा सबैभन्दा धेरै पानी कञ्चनपुरको हनुमाननगरमा परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हनुमाननगरमा ४८.८ मिलिमिटर वर्षा मापन गरिएको हो।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)