पोखरी सौन्दर्यकरण अभियान निष्प्रभावी
deshsanchar.com · Sun Jul 20 17:45:15 GMT 2025

वीरगञ्ज (पर्सा) – वीरगञ्ज महानगरपालिका–१६ नगवाकी राधिकादेवी २०७५/७६ सालमा मधेस प्रदेश सरकारले नगवा पोखरी मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत सौन्दर्यकरण गर्ने योजनाले निकै खुसी थिए। आफ्नै घरनजिकै रहेको पोखरी व्यवस्थित भएसँगै छठ पूजा गर्न सहज हुने आशाले पनि उहाँसहितका नगरवासीलाई हर्षित बनाएको थियो।
उनको त्यो खुसी लामो समय टिक्न सकेन। नगवापोखरी सौन्दर्यकरण थालेको पनि छ वर्ष बितिसक्यो तर अहिलसम्म पनि पोखरी निर्माणको काम सकिएको छैन। पोखरीको मध्यभागमा सूर्यनारायणको मन्दिर बनाउन गाडेको छड पनि खिया लागिसक्यो। पोखरी वरपर सौन्दर्यकरणको काम विगत तीन वर्षदेखि अलपत्र छ। “हामीले त नगवा पोखरी बन्ला भनेर ठूलो आशा गरेका थियौँ तर, अहिले त हाम्रो आशा निराशामा बदलिसकेको छ”, राधिकादेवीले भनिन्, “बीचैमा अलपत्र पार्ने हो भने किन पोखरी बनाउने अभियान थालेको त ?”
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)