धार्मिक सहिष्णुता कायम राख्न झापाको आह्वान
barnanmedia.com · Mon Jul 27 23:41:53 GMT 2026

जिल्ला प्रशासन कार्यालय सप्तरीले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, घृणायुक्त अभिव्यक्ति तथा धार्मिक र सामुदायिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सबैमा आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा सोमबार जारी अपिलमा पछिल्लो समय अन्य जिल्लामा भएका घटनालाई आधार बनाएर फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युबलगायत सामाजिक सञ्जालमार्फत भ्रामक अफवाह फैलाउने, एकअर्काको धर्म, आस्था, संस्कृति तथा समुदायप्रति लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिने र अमर्यादित टिप्पणी गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)