अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपमा आठ टोली सहभागी हुने
baahrakhari.com · Sun Jul 20 17:59:01 GMT 2025
काठमाडौं । यही साउन २४ गतेदेखि ताप्लेजुङमा हुने अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने आठ टोलीको टुंगो लागेको छ । आयोजक लाखेजात्रा सञ्चालन समितिले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा सहभागी हुने टोलीबारे जानकारी दिएको हो ।
आयोजक समितिका अनुसार, यस वर्ष सिरिजंघा गाउँपालिकास्थित तेल्लोक स्पोर्टिङ क्लबले आयोजकका तर्फबाट सहभागिता जनाउनेछ । प्रतियोगितामा चर्च ब्वाइज काठमाडौं, सहारा क्लब पोखरा, रेडस्टार फुटबल क्लब झापा, द योङ ब्रदर्स क्लब इटहरी, सलहेस युवा क्लब सिराहा, फिदिम स्र्पोटिङ क्लब पाँचथर र आमन्त्रित फुटबल टोलीका रुपमा भारतको सिलगुढीस्थित ‘लेजन्ड’ फुटबल एकेडेमी सहभागी हुने निश्चित भएको समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)