मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एकीकृत समाजवादीका अध्यक्ष नेपाल भारतको नयाँ दिल्लीमा

barnanmedia.com · Sat Sep 14 21:40:57 UTC 2024

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल यतिबेला भारतको नयाँ दिल्लीमा छन्। उनी शुक्रबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली गएका हुन्।

भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीको अन्तिम संस्कारमा सहभागी हुन उनी नयाँ दिल्ली गएको पार्टीका एक पदाधिकारीले जानकारी दिए। ‘शुक्रबार बेलुकी नै जानुभएको हो,’ ती पदाधिकारीले भने, ‘अन्तिम संस्कारमा सहभागी भएर एक दुई दिनभित्रै फर्कने कुरा छ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)