कसले गर्यो ‘धरान संकट’को बीजारोपण ?
farakdhar.com · Sat Aug 26 17:11:54 GMT 2023
केही साताअघि धरान उपमहानगरपालिकामा सार्वजनिक रूपमा गोरु काटेर भोज गरिएको विरोधमा हिन्दू संघ संगठनहरु आन्दोलित भएका छन् । हिन्दु धर्मावलम्वीहरूले लक्ष्मीका रुपमा पूजा गर्ने गाई र यसको वंश रक्षाको माग गर्दै उनीहरुले शनिबारका लागि धरानमा बृहत् शान्ति र्यालीको घोषणा गरेका थिए । तर, स्थानीय प्रशासनले सम्भावित झडपको आशंका गर्दै धरानमा कर्फ्यु लगाएपछि त्यहाँ र्याली हुन पाएन । तर, इटहरीलगायत धरान प्रवेश गर्ने नाकाहरुमा हिन्दूहरुले प्रदर्शन गरे ।
सोही आन्दोलनको सन्दर्भलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशव्यापी आन्दोलनको चेतावनी दिएका छन् । शनिबार राप्रपाको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले नेपालको सिमानाभित्र गाई, गोरु मार्नेलाई तीन वर्षको जेल सजायको स्पष्ट कानुन रहेको भन्दै अपराधीलाई सजाय नभए धरानमा सुरु भएको आन्दोलन सिंहदरबारसम्म आइपुग्ने चेतावनी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)
केपी शर्मा ओली
हर्क साम्पाङ