कुमारी बैङ्क लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता
hamrakura.com · Sun Jun 07 00:00:00 GMT 2026
काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र बी एण्ड बी अस्पताल प्रालि ग्वार्को–ललितपुरबीच कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूलाई अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यस सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरू इनपेशेन्ट आउटपेशेन्ट, आकस्मिक सेवा सुविधा तथा औषधिहरूमा ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गरिने बैङ्कले जनाएको छ।
विगत २५ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत ग्राहक वर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)