मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१ लाख १५ हजारले बुझाएनन् चुनावी खर्च

ekantipur.com · Tue Aug 16 00:45:44 GMT 2022

काठमाडौँ — स्थानीय तह निर्वाचन भएको तीन महिनासम्म पनि १ लाख १५ हजार १ सय ३१ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र उम्मेदवारले खर्चको बिल भर्पाइ पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । वैशाख ३० मा भएको निर्वाचनमा पालिकाहरूको अन्तिम परिणाम फरक–फरक समयमा आएको थियो ।

आयोगको कानुन तथा राजनीतिक व्यवस्थापन महाशाखाका अनुसार ७ सय ५३ स्थानीय तहका १ लाख ४५ हजार १३ उम्मेदवारमध्ये ७९ प्रतिशतले ३० दिनभित्र खर्चको विवरण बुझाएका छैनन् । आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले बढीमा साढे सात लाख रुपैयाँसम्म खर्च गर्न सक्ने सीमा तोकेको थियो । महानगर प्रमुख–उपप्रमुखले बढीमा ७ लाख ५० हजार, उपमहानगर प्रमुख–उपप्रमुखले बढीमा ५ लाख ५० हजार, नगरपालिका प्रमुख–उपप्रमुखले ४ लाख ५० हजार र गाउँपालिका अध्यक्ष–उपाध्यक्षले ३ लाख ५० हजार निर्वाचन प्रचारमा खर्च गर्न पाउने सीमा निर्धारण गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)