कम्पनी दर्ता र पुँजी वृद्धिमा छुट दिने व्यवस्था यही साता भित्रमा कार्यान्वयनमा
ratopati.com · Mon Sep 18 05:48:00 GMT 2023
कम्पनी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार महेश बरालले चालु आर्थिक वर्षको बजेटमार्फत गत साउन १ देखि कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा शुल्क नलाग्ने व्यवस्था लागु हुने भनिए पनि कानुन न्याय तथा सङ्घीय मन्त्रालय र अर्थ मन्त्रालयबिचमा कुन कानुन लगाउने भन्ने विषयमा अलमल हुँदा कार्यान्वयनमा आउन ढिलाइ भएको जानकारी दिए । कम्पनी ऐन अनुसार जाने की आर्थिक ऐन अनुसार कार्यान्वयनमा जाने भनेर सो व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन, रजिस्ट्रार बरालले भने “अब आर्थिक ऐनको दफा १८ अनुसार लागु हुन्छ ।” एक दुई दिनभित्रमा राजपत्रमा सूचना प्रकाशित भएसँगै कार्यान्वयनमा आउने उनले जानकारी दिए । आजको गोरखापत्र दैनिक मा समाचार छ ।
कम्पनी रजिष्ट्रारको कार्यालय
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)