भूमि बैंक सञ्चालन कार्यविधी स्वीकृत, बाँझो रहेको निजी जग्गा पालिकाले उपभोग गर्न पाउने बाटो खुल्यो
kendrabindu.com · Tue Jul 28 00:47:03 GMT 2026

काठमाडौं । बाँझो निजी जग्गा वा उपयोगमा नरहेकोलाई सम्बन्धित स्थानीय तहमार्फत उपयोगमा ल्याउन भूमि बैंकको अवधारणा अघि सारिएको छ । भू उपयोग ऐन २०७६ र भू उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन, २०८२) बमोजिम प्रत्येक स्थानीय तहमा भूमि बैंक स्थापना तथा सञ्चालन गर्न भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि २०८३ ल्याइएको हो ।
संघको भूमि मन्त्रालयले उक्त कार्यविधि स्वीकृत गरी सबै पालिकालाई परिपत्र गरिसकेको छ । सम्बन्धित पालिकामार्फत उक्त व्यवस्थाको लाभ लिन समेत सरकारले आग्रह गरेको छ । भूउपयोग वर्गीकरणसम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने र भूमिको अधिकतम उपयोग गरेर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले व्यक्तिविशेषको उपयोगविहीन वा न्यून उपयोग भएको जग्गा निश्चित सर्त र सुविधामा उपयोगमा ल्याउन पालिकाहरूमा भूमि बैंक स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)