मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

समूह 'एफ' : फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल पनि अन्तिम १६ मा

pahilopost.com · Wed Jun 23 21:28:20 GMT 2021

यूईएफए युरो कप अन्तर्गत आज राति सम्पन्न खेलमा समूह 'एफ'का फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरीले बराबरी खेलेका छन्। योसँगै फ्रान्स समूह विजेता र जर्मनी उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा पोर्चुगल पनि तेस्रो स्थानमा रहेका टिम मध्येको उत्कृष्ट चारमा पर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

आज एलिनाज एरेनामा सम्पन्न खेलमा एडम स्जेलाइको गोलमा हंगेरीले अग्रता बनाएको थियो। पहिलो हाफमा दुई गोलले पछि रहेको जर्मनीका लागि ६६ औं मिनेट कइ हाभेर्ट्जले गोल गर्दै खेल बराबरीमा ल्याए। तर त्यसको दुई मिनेट नबित्दै हंगेरीका एन्ड्रस एसचाफेरले गोल फर्काउँदै फेरि आफ्नो टिमलाई अग्रता दिलाए। त्यस्तै ८४ औं मिनेटमा लिओन गोरेट्जकाले गोल फर्काउँदा यी दुई टोली २-२ को बराबरीमा रोकिए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)