मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपन्न विद्यार्थीलाई सहयोग

lokaantar.com · Mon Feb 28 01:18:48 GMT 2022

इलामको माइजोगमाई ६ प्याङका राजेन्द्र घिमिरेले जनता प्राविमा अध्ययनरत विपन्न विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण गरेका छन् । आफ्ना आमा ७१ वर्षीया ललिमाया घिमिरे विश्वकर्माको निधन भएको सातौँ दिनको पुण्यतिथिका अवसरमा उनले विपन्न विद्यार्थीलाई ब्याग, कपी, कलमलगायतका आवश्यक सामग्री वितरण गरेका हुन् ।

सो अवसरमा उनले आगामी दिनमा आमाको स्मृति अक्षयकोष खडा गरेर विपन्न विद्यार्थीलाई छात्रवृत्तिलगायत अन्य सहयोग गर्ने जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)