अहिलेको सत्ता गोली,जेल र दमनलाई समाधान ठान्दैछ, जुन गलत छ : विप्लव
himalpress.com · Tue Jul 28 01:05:01 GMT 2026

काठमाडौँ- नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिलेको सत्तासँग सावधानी र समस्या समाधान गर्ने क्षमता भन्दा गोली र बल धेरै भएको बताएका छन्। उनले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सरकार गोली,जेल र दमनलाई समाधान ठान्दै गरेको उनले आरोप लगाए।