सरकारले नीतिगत व्यवस्था गरी कृषिमा आकर्षण गर्नुपर्छः प्रदेश प्रमुख शेरचन
dcnepal.com · Thu Mar 24 16:55:49 GMT 2022
बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आयात प्रतिस्थापन गर्नेगरी कृषि उत्पादनमा जोड दिएका छन् । उनले त्यसका लागि सरकारले नीतिगत व्यवस्था गरी कृषिमा आकर्षण गर्नुपर्ने समेत बताएका छन् ।
प्रदेश प्रमुख शेरचनले बिहिबार बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा आजदेखि बुटवलमा सुरु भएको कृषि मेलाको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उनले यस क्षेत्रको कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि सिँचाइ अपरिहार्य रहेको बताउँदै राष्ट्रिय उत्पादनमा योगदान गर्ने कालिगण्डकी–तिनाउ डाइभर्सनमा आवश्यक रहेको बताए । उनले राष्ट्रिय हितलाई ख्याल नगरी विगतमा सन्धिसम्झौता गरिएका कारण आफ्नो देशको पानी आफैँले प्रयोग गर्न नपाइएको बताउँदै प्रदेश प्रमुख शेरचनले यहीँबाट लगेको पानीले भारतमा तीन÷चार बाली उत्पादन गर्ने र त्यही उत्पादन नेपालमा आयात गर्नुपरेको भनाइ राखे । यो परिस्थिति तोड्नका लागि पनि कालीगण्डकी–तिनाउ डाईभर्सन अपरिहार्य रहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)