नेपालले लगातार खराब प्रदर्शन गरेपछि एन्ड्रयुको चिन्ता– कम्तिमा पनि सातौँ /आठौँ स्थान नपरे हुन्थ्यो
shilapatra.com · Tue Jul 28 01:38:00 GMT 2026
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ मा नेपालले लगातार खराब प्रदर्शन गरेपछि नेपालको क्रिकेटलाई राम्रोसँग बुझेका कमेन्टेटर एन्ड्रयु लियोनार्डले चिन्ता व्यक्त गरेका छन् । सोमबार नेपाल नामिबियासँग ३ रनले पराजित भएपछि एन्ड्रयुले फेसबुकमा निराशपूर्ण स्टाटस लेखेर चिन्ता व्यक्त गरेका हुन् ।
एन्ड्रयुले अब नेपालको सिधैँ विश्वकपमा छनोट हुने सम्भावना सकिएको अर्थात्, प्लेअफ खेल्ने लगभग निश्चित बताएका छन् । ‘नेदरल्यान्ड्सको उट्रेच्टमा भएको कम स्कोरको रोमाञ्चक खेलमा करण केसीको उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाल केवल ३ रनले नामिबियासँग हृदयविदारक हार बेहोर्न बाध्य भयो’, उनले लेखेका छन्, ‘यस नतिजापछि अब जे भए पनि नेपाल आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्ने लगभग निश्चित देखिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)