मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सर्वसाधारणलाई लगानीको अवसर :मंसिर १० गतेदेखि नेपाल वेयरहाउजिङ्गको आईपीओ खुल्ने

arthasansar.com

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने मिति तोकेको छ। कम्पनीले मंसिर १० गतेदेखि सर्वसाधारणलाई लागि निष्काशन खुला गर्न लागेको सूचनामा उल्लेख छ।

यस अघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन गरि बाँडफाँट गरिसकेको छ। कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्य कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ।तेस्तै २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका र ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)