मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिद्धकाली मन्दिर ओझेलमा

barnanmedia.com · Sat Sep 14 23:28:35 UTC 2024

चैनपुर नगरपालिका–३ स्थित सिद्धकाली मन्दिर प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ । त्यहाँ पूजाअर्चना गर्नाले आफूले चाहेको पूरा हुने विश्वासका साथ भक्तजन त्यहाँ पुग्ने गरेका छन् ।

धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण हुँदाहुँदै पनि उचित व्यवस्थापन र प्रचारप्रसार अभावमा यो मन्दिर अहिले ओझेलमा छ । चिताएको मनोकामना पूरा हुने विश्वासका साथ जिल्ला तथा जिल्ला बाहिरका विभिन्न स्थानबाट यो मन्दिरको दर्शन गर्न भक्तजन आउने गरेका छन् । यसको व्यापक रूपमा प्रचारप्रसार गर्न सकेको खण्डमा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने पुजारी ओमबहादुर पुरीले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)