सोसिसाडमाथि रियलको सजिलो जित
ekantipur.com · Sat Sep 14 23:39:41 UTC 2024
काठमाडौँ — दोस्रो हाफमा सम्भव दुई गोलमा रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा रियल सोसिडाडमाथि सजिलो २–० को जित निकालेको छ । रियल एरिनामा भएको खेलमा भिनिसियस जुनियर र केयलिन एमबापेले एक/एक गोल गरे ।
रियलका लागि पछिल्ला दुई खेलमा एमबापेको यो तेस्रो गोल हो । यो जितपछि रियलले लिग तालिकाको शीर्षमा रहेको बार्सिलोनासँगको दूरी एक अंकमा छोट्याएको छ । तर बार्सिलोनाले एक खेल कम खेलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)