मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस पटकको विद्याभूषण र विद्यापदक पनि उधारोमै

gorkhapatraonline.com · Sat Sep 14 23:46:51 UTC 2024

काठमाडौँ, भदौ ३० गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस पटक पनि नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा पदक उधारोमा वितरण गर्ने भएको छ ।

विगतमा शिक्षा दिवसको दिन विशेष कार्यक्रम गरेर वितरण गर्दै आएका ती पदक पाउन योग्य ठहरिएका व्यक्तिहरूको नामावली मन्त्रालयले आफ्नो वेबसाइटमा मात्रै राख्ने निर्णय गरेको छ । स्रोत अभावमा गत वर्ष पनि मन्त्रालयले ती पदक वितरण गरेको थिएन । त्यसभन्दा अघि पनि कोरोनालगायतका कारण पदक वितरण हुन सकेको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)