मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोत्कृष्ट विद्यार्थीले पाउने विद्याभूषण बजेट अभावले ५ वर्षदेखि अवरुद्ध

ekantipur.com · Sat Sep 14 23:48:23 UTC 2024

काठमाडौँ — सुनचाँदी किन्न पर्याप्त बजेट नहुँदा सरकारले पाँच वर्षदेखि विद्याभूषण पदक वितरण गर्न सकेको छैन । विभिन्न तहका सर्वोत्कृष्ट विद्यार्थीलाई सरकारले हरेक वर्ष राष्ट्रिय शिक्षा दिवसमा सुनचाँदी जडित विद्याभूषण पदकबाट विभूषित गर्ने अभ्यास छ । तर २०७६ देखि २०८० सम्मका सर्वोत्कृष्ट विद्यार्थीले पदक पाएका छैनन् ।

सरकारले यसपालि पनि नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ एवं छात्रा पुरस्कार पदक पाउने विद्यार्थीको सूची शिक्षा दिवसका अवसरमा असोज २ मा सार्वजनिक गर्ने कार्यतालिका छ । तर बजेट अभावको कारण देखाउँदै शिक्षा मन्त्रालयले पदक नै बनाएको छैन । शिक्षा मन्त्रालयले गत बुधबार सूचना जारी गरेर पदक र प्रमाणपत्र वितरण कार्यक्रमको मिति पछि प्रकाशन गरिने जनाएको छ । गत वर्ष ९ सय ६२ छात्रछात्रालाई विद्याभूषण पदकबाट विभूषित गर्ने निर्णय भएको थियो । तर सुनचाँदी जडित पदक बनाउने रकम नभएको भन्दै वितरण गरिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)