मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्विडेन र स्पेन अघिल्लो चरणमा

makalukhabar.com · Wed Jun 23 18:18:26 GMT 2021

स्लोभाकियामाथि ५-० को प्रभावशाली जित निकालेपछि स्पेन समुह ई को उपविजेताका रुपमा नकआउट चरण प्रवेश गरेको छ। अर्को खेलमा स्विडेनले पोल्यान्डमाथि ३-२ को सनसनिपुर्ण जित निकाल्यो। २ गोलको अग्रता तोड्दै पोल्यान्डले बराबरी गरेपनि अन्तिम समयमा पुन गोल गर्दै स्विडेन महत्वपुर्ण तीन अंक लिन सफल रह्यो। स्विडेनको जितमा फोसवर्गले २ गोल गर्दा कलासेनले अतिरिक्त समयमा निर्णायक गोल गरे। पोल्यान्डका लागि लेवान्डोस्कीले २ गोल गरेपनि टीमको हार टार्न सकेनन्।

प्रतियोगिताकै आक्रमक खेलमा पिहलो हाफमा पाएको पेनल्टीको मौका चुकाएपनि लुइस एनरिकको स्पेनले त्यसको मुल्य चुकाउनु परेन्। डुबराभकाको आत्माघाति गोलमार्फत ३० औ मिनेटमा अग्रता बनाएको स्पेनले लापोर्टेको पहिलो ह्फको अतिरिक्त समयको गोलमार्फत अग्रता दोब्बर बनायो।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)