मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारको निर्णयप्रति प्रवासी मञ्चको आपत्ति

lokaantar.com · Thu Dec 29 23:10:17 GMT 2022

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटिले विदेशबाट घर फर्किदा साथमा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार लाग्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । मञ्चका अध्यक्ष सञ्जय थापाले विज्ञप्ति जारी गर्दै सरकारको सो निर्णयप्रति बिहीबार आपत्ति जनाएका हुन् ।

“नेपाल बाहिर प्रवासमा अवस्थित गैर आवासीय नेपालीहरुले घर फर्किंदा आफ्नो परिवारका लागि एउटा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार तिर्नुपर्ने नियम प्रवासी नेपाली श्रमिकहरूको हितविपरितको कार्य भएकाले नेपाल सरकारको यस निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञप्तिमा भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)