मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिगमा सिटीले युनाइटेडलाई ३–१ ले हरायाे

Ujyaaloonline.com · Mon Mar 04 00:55:55 GMT 2024

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गए राति घरेलु मैदानमा भएकाे खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले हरायो ।

खेलको ८ औँ मिनेटमा मार्कस र्‍यासफाेर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५६ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका फिल फोडेनले गोल गर्दै खेलमा बराबरी गरे । फेरि खेलकाे ८० औँ मिनेटमा उनले नै दोस्रो गोल गरेर टाेलीलाई अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीकाे ३–१ काे जित सुनिश्चित गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)