मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रसूति प्रतिक्षा घर निर्माण

gorkhapatraonline.com · Sun Jun 07 10:09:25 GMT 2026

गर्भवती महिला सुत्केरीपूर्व बस्न र सुत्केरी भइसकेपछि कुरुवालाई निःशुल्क बस्ने व्यवस्थाका लागि जैमिनीको कुश्मीसेरा प्राथमिकता स्वास्थ्य केन्द्र र गलकोटको नगर अस्पतालमा प्रसूति प्रतिक्षा घर निर्माण गरिएको छ ।

फेयरमेड फाउण्डेशन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनको सहयोगमा सञ्चालित सम्बोधन परियोजनाले चालु आर्थिक वर्षमा दुई प्रसूति प्रतिक्षा घर निर्माणका लागि ८ लाख रुपियाँ उपलब्ध गराएको थियो । जैमिनी र गलकोट नगरपालिकाले ६–६ लाख रुपियाँ थपगरी १० लाख रुपियाँको लागतमा प्रसूति प्रतिक्षा घर निर्माण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)