इंग्ल्यान्डविरुद्ध भारतीय कप्तान रोहितको अर्धशतक
baahrakhari.com · Thu Jun 27 18:01:37 UTC 2024
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत दोस्रो सेमिफाइनलमा भारतका कप्तान रोहित शर्माले इंग्ल्यान्डविरुद्ध अर्धशतक बनाएका छन् ।
बिहीबार गुयनामा टस हारेर ब्याटिङमा आएको भारतबाट ओपनिङ ब्याटिङमा आएका रोहितले ३६ बलमा अर्धशतक बनाएका हुन् । उनले ३६ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो ३२औँ अर्धशतक हो । जारी विश्वकपमा भने उनको यो दोस्रो अर्धशतक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)