नर्वेलाई हराउँदै पोर्चुगल समूह ‘डी’ को शीर्ष स्थानमा
ratopati.com · Sun Sep 27 21:51:57 GMT 2026
काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत समूह ‘डी’ को दोस्रो खेलमा सोमाबर बिहान पोर्चुगलले नर्वेमाथि २–१ गोलको प्रतिस्पर्धात्मक जित निकालेको छ । यो जितसँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ भने नर्वे दोस्रो स्थानमा झरेको छ ।
खेलको १७औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको नर्वेले दोस्रो हाफको सुरुवातमै खेल बराबरीमा ल्यायो । खेलको ५१औँ मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई १–१ को स्थितिमा पुर्याएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)