मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशेढुङ्गा बन्यो तालिम

deshsanchar.com · Thu Jun 27 18:14:34 UTC 2024

पाँचथर– पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेको एक सामान्य परिवारमा जन्मेर माध्यमिक शिक्षामात्र उत्तीर्ण गरेका हर्कबहादुर तामाङ सानै उमेरदेखि प्राविधिक सीप सिकेर कुनै उद्यम गर्न उत्सुक थिए। परिवारको कमजोर अवस्थाले गर्दा उनले उच्च शिक्षा हासिल गर्ने इच्छा अधुरो नै रहन गयो। गाउँपालिकाको केन्द्र रविबजार आएर कुनै रोजगारी गर्दै अध्ययन गर्नका लागि घरबाट निस्किएका उनले २०६६ सालमा सौर्य ऊर्जा जडानको तह–१ परीक्षा उत्तीर्ण भएपछि विभिन्न सौर्य ऊर्जा कम्पनीका तर्फबाट घरायसी सौर्य प्रणालीहरू जडान गर्न गाउँगाउँमा जान थाले।

घरायसी सौर्य ऊर्जा जोड्न जाँदा पुराना सौर्य ऊर्जा मर्मतका लागि उहाँलाई धेरैको अनुरोध आउन थाल्यो। घरायसी सौर्य ऊर्जा जडानमा सामान्य ज्ञान भएका हर्कले मर्मतको सीप हासिल गरे त व्यावसायिक बन्न सकिने कुरा बुझेपछि त्यस किसिमको तालिमको खोजी गर्न थाले। ‘तँ आँट म पुर्याउँछु’ भनेजस्तै त्यति नै बेला जिल्लामा सञ्चालित नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमले स्थानीय सरकारको माग र आवश्यकतालाई मध्यनजर गरी मिक्लाजुङ गाउँपालिकामा सौर्य ऊर्जा मर्मतसम्बन्धी तालिमको आयोजना गर्दै थियो। गाउँपालिकाबाट जानकारी पाएपछि हर्क पनि तालिममा सहभागी हुनुभयो। झण्डै एक महिनासम्म सञ्चालन गरिएको सो तालिममा आफूले धेरै नयाँ कुरा सिक्ने मौका पाएको उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)