एएफसी कप छनोटबाट बाहिरियो मच्छिन्द्र, मोहन बगानसँग ३–१ ले पराजित
nayapatrikadaily.com · Wed Aug 16 16:10:00 GMT 2023
मच्छिन्द्र फुटबल क्लब एएफसी कपको छनोट चरणबाटै बाहिरिएको छ । भारतको कोलकातास्थित साल्टलेक रंगशालामा आज साँझ भएको दोस्रो प्लेअफमा भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएसँगै मछिन्द्र बाहिरिएको हो ।
मोहन बगानसँग कमजोर प्रदर्शन गरेको मच्छिन्द्रले ३–१ को हार ब्यहोर्यो । मोहन बगानका लागि अनवर अलीले दुई तथा सेसन कमिग्सले एक गोल गरे । मच्छिन्द्रको तर्फबाट मेसुके ओलोमोउले गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)