काठमाडौँमा डेरा खोज्दै सिके राउत
nepalipatra.com · Tue Dec 27 10:20:48 GMT 2022
काठमाडौँ । सत्तारूढ दल जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले काठमाडौंमा डेरा खोज्न लागिपरेका छन् ।
काठमाडौँमा कोठा पाउनै गाह्रो भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आज पनि आफू कोठा खोज्न जान लागेको जनाएका छन् ।
डा. राउतले भक्तपुरको घ्याम्पेडाँडस्थित पाइलट बाबा जाँदाको तस्बिर सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन् – ‘काठमाडौं बस्न डेरा–घर खोज्नै गार्हो, आज पनि जाँदैछु, बरू काठमाडौं भएको बेला एकान्तमा यस्तै डाँडाकाँडातिर बसौंबसौं लाग्ने कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू ।’
गत मंसिर ४ गते भएको निर्वाचनमा प्रतिनिधिसभातर्फ ६ सिट प्राप्त गरेको जनमतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एक मन्त्री पठाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)