एनआईसी एसियाको जरिवाना छुट योजना
ekantipur.com · Thu May 30 01:01:17 UTC 2024

काठमाडौँ — एनआईसी एसिया बैंकले भाखा नाघेका कर्जा प्रवाहमा छुट योजना ल्याएको छ । बैंकले २०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठभित्र भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट दिने जनाएको हो ।
आर्थिक शिथिलताले कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ । बैंकले साधारण बक्यौता ब्याज रकममा समेत १५ देखि ३५ प्रतिशतसम्म छुट दिने विज्ञप्तिमार्फत जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)