एसबीआई बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
ekantipur.com · Thu May 30 01:02:51 UTC 2024

काठमाडौँ — नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल एसबीआई बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेशकुमार पण्डा र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।
सम्झौताअनुसार नेपालमा बस्ने भारतीय नागरिकले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेसनल पेमेन्ट इन्टरफेसको माध्यमबाट एसबीआई बैंकमा रहेको आफ्नो खाताबाट भारतको बैंक खातामा सीधै रकम स्थानान्तरण गर्न सक्नेछन् । भारतमा बस्ने नेपाली नागरिकले पनि युनिफाइड पेमेन्ट इन्टरफेसनको माध्यमबाट नेपालको बैंक खातामा सिधै रकम स्थानान्तरण गर्न सक्ने बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)