बजेट संयमित भए पनि कार्यान्वयन चुनौतीपूर्ण : चेम्बर
ekantipur.com · Thu May 30 00:55:46 UTC 2024

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको जनाएको छ । आर्थिक मन्दीबाट निस्किएर अर्थतन्त्रलाई चलायमान बनाउने सरकारी लक्ष्यसमेत चुनौतीपूर्ण भएको चेम्बरले जनाएको हो ।
चेम्बरले बुधबार विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरिनु र दोस्रो चरणको आर्थिक सुधारका लागि आयोग बनाउने विषयहरू सकारात्मक रहेको बताएको छ । ‘१२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य वर्तमान आर्थिक शिथिलताको अवस्थामा चुनौतीपूर्ण देखिन्छ । कुल बजेटको झन्डै ३० प्रतिशत आन्तरिक ऋण उठाउने लक्ष्यले बजारमा तरलताको अभाव हुन गई दीर्घकालमा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)