मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बोलेर मात्र पूरा हुँदैन कर्तव्य

rajdhanidaily.com · Tue Aug 29 23:28:18 GMT 2023

हाम्रा संसद् सदन बसेको कुनै पनि दिन बोल्न छाड्दैनन् । सदन चल्नु भनेको उनीहरूका लागि आफ्नो मनमा लागेका कुरा पोख्ने प्लेटफर्म खुला हुनुजस्तै हो । त्यहाँ बोलेपछि आफ्ना मानिसले पनि सुन्छन् र प्रतिपक्षीले पनि सुन्छ । यति भएपछि सांसदले आफ्नो ड्युटी पूरा गरेको ठान्छन् । बाहिरफेर पनि संसद’bout टिप्पणी चल्ने गरेको हुन्छ, ‘फलाना सांसद त बोलेको पनि सुनिँदैन ।’ संसद् मात्र बोल्न ठाउँ र सांसद केवल बोल्ने मानिस मात्र होइन, यो जनताको काम गरी पु¥याउने ठाउँ पनि हो । तर, आजसम्म सायद कुनै पनि जनताको प्रतिनिधिले समीक्षा गरेका होलान् कि उनीहरूले बोलेका र भनेका काम कुरा कति पूरा भए † यदि यसो समीक्षा हुने भएको भए उनीहरूले वाचा गरेका र उठाएका जनताका आवश्यकता, समस्या र काम धेरै मात्रामा पूरा भइसकेका हुने थिए । यस्तो काम भएको छैन । संसद् भेट हुँदा पनि ‘तपाईंहरूका कुरा मैले संसदमा बारम्बार राख्ने गरिरहेको छु, रेडियो र टेलिभिजनमा सुन्नु भएकै छ होला, खोई भनेअनुसार काम नै गर्दैनन् ।’

जनता तथा भोटर ‘हो, सुनेका छौं तर उठाएर मात्र के गर्नु, काम हुने होइन’ भन्छन् । सांसद यतिबेला लाज पचेको हाँसो हाँस्छन् । संसद् ताजा जनादेश लिएर गएका जनताका प्रतिनिधि रहेको सार्वभौम थलो हो । यसले कार्यकारी बडी सरकारको चयन गर्छ । संसदमा उठाइएका कुरा सम्बोधन तथा कार्यान्वयन यही कार्यकारी बडीका रूपमा रहेको सरकारले गर्ने हो । संसदले सरकारलाई सही र जनताका काम गर्न बाध्य पार्न सक्नुपर्छ । संसदले सरकारलाई काम लगाउने हो । कार्यकारी भनेको सर्वशक्तिमान, स्वेच्छाचारी र मनगढन्ते हुनु होइन । कार्यकारी भनेको काम गर्ने निकाय वा व्यक्ति हो । यो निकाय संसदप्रति जवाफदेही हुनुपर्छ । संसद् जनताप्रति जवाफदेही हुनुपर्छ । तब मात्र जनतादेखि सरकार र सरकारदेखि जनतासम्मको संवाहन प्रक्रिया जीवन्त हुन जान्छ । तर, हरेक दिन संसदमा सांसद बोलेको बोल्यै छन्, तिनले ती काम र वाचा पूरा गर्न बिर्सिएको बिर्सियै छन् । मानौं संसद् भनेको माक्र्सवादीले आलोचनात्मक रूपमा भन्ने गरेझैं ‘गफ गर्ने थलो हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)