प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश
barnanmedia.com · Sun Sep 27 22:51:32 GMT 2026

भोटेकोशी बाढी, लगातारको वर्षा र सडक अवरोधका कारण पोखरामा पर्यटक आगमन अहिले ठप्पप्रायः छ । मुलुकको पर्यटकीय राजधानीमा स्वदेशी तथा विदेशी पर्यटक नहुँदा सुनसान बनेको पोखराले विश्व पर्यटन दिवसका अवसरमा भने ‘नेपाल खुला छ, पोखरा पर्यटकको स्वागतका लागि तयार छ’ भन्ने सन्देश दिएको छ ।
प्राकृतिक विपत्तिले पर्यटन क्षेत्र प्रभावित भइरहेका बेला पोखराको लेकसाइडमा आइतबार साँझ आयोजित मिनी सडक महोत्सवमार्फत पर्यटन व्यवसायीले प्रतिकूल परिस्थितिकाबीच यहाँका पर्यटकीय गतिविधि सञ्चालनमा रहेको र पर्यटकको स्वागतका लागि व्यवसायीसमेत तयार रहेको सन्देश प्रवाह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)