आजदेखि विद्यालय खुल्ने
annapurnapost.com · Sun Feb 13 07:02:00 GMT 2022
काठमाडौं : देशभरका शैक्षिक संस्थामा आइतबारदेखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ । कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थामा आजदेखि (आइतबार) पठनपाठन हुने भएको हो । विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टरहरू सञ्चालनमा आउने सरकारले जनाएको छ ।
शिक्षा तथा मानवस्रोत केन्द्रले जारी गरेको विज्ञप्तिमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको मिति २०७८ माघ २३ को सिफारिसमा उक्त निर्णय भएको उल्लेख छ । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)