शैक्षिक पूर्वाधारमा ठुलो लगानी, अब उपलब्धि देखाउने दबाब
ratopati.com · Sun Sep 27 23:06:30 GMT 2026

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले पछिल्ला वर्षमा विद्यालय भवनदेखि आवश्यक शैक्षिक पूर्वाधार निर्माणमा ठुलो लगानी गरेको छ । अब भौतिक संरचना थपिँदै जाँदा विद्यार्थीको सिकाइ उपलब्धि र शिक्षाको गुणस्तरमा त्यसको प्रतिफल देखाउने दबाब बढेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका नौ जिल्लामा विभिन्न प्रकृतिका दुई हजार ७०० शैक्षिक तथा सामुदायिक संरचना निर्माण भएको छ । यसमा विद्यालय भवन, सूचना तथा सञ्चार प्रविधि संरचना, क्याम्पस तथा छात्रावास भवन, विज्ञान प्रयोगशाला, खेलमैदान, खानेपानी, शौचालय, विद्यालय घेराबार तथा मर्मतसम्भारलगायतका संरचना छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)