रास्वपा उपसभापति वाग्ले र सांसद खनालले भेटे भारतीय विदेश सचिव
onlinekhabar.com · Mon Aug 18 08:31:25 GMT 2025

२ भदौ, काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीसँग रास्वपा उपसभापति स्वर्णिम वाग्ले र विदेश विभाग प्रमुख शिशिर खनालले भेटवार्ता गरेका छन् ।
उनीहरू सोमबार दिउँसो केहीबेर अघि बत्तीसपुतलीस्थित होटल द्वारिकाज पुगेर भेटवार्ता गरेका हुन् ।
दुई दिने नेपाल भ्रमणमा आएका मिश्रीले उच्चस्तरीय राजनीतिक भेटघाट हिजो नै सकेका थिए । आज स्वदेश फर्किनुअघि उनले हिजो छुटेका अन्य दलका नेताहरूसँग भेट गरिरहेका छन् ।
उनले मधेकेन्द्रित दलका नेताहरुलाई पनि होटलमै भेटेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन मिश्री नेपाल भ्रमणमा आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)