देशको राजस्व संकलनको लक्ष्य र उपलब्धी, यस्तो छ तीन आवको अवस्था
arthasansar.com

महालेखा परीक्षक कार्यालयको अनुसार सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा कुल ११ खर्ब ९६ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । तथ्यांक अनुसार, गत वर्षका लागि निर्धारण गरिएको वार्षिक लक्ष्यको तुलनामा ८४.२८ प्रतिशत मात्रै राजस्व असुली भएको हो ।
सरकारले गत आर्थिक वर्षमा कुल १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व उठाउने वार्षिक लक्ष्य राखेको थियो । लक्ष्य पूरा हुन नसके पनि आर्थिक वर्ष २०८०/८१ को तुलनामा समग्र राजस्व सङ्कलनमा भने १०.४८ प्रतिशतको सकारात्मक वृद्धि देखिएको छ । प्रमुख कर राजस्वतर्फ मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको असुली स्थिति तुलनात्मक रुपमा सन्तोषजनक रहे पनि भन्सार महशुल र आयकर भने लक्ष्यभन्दा निकै पछाडि परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)