सरकारको समर्थन मूल्य कागजमै सीमित, चैते धान बेच्न किसानलाई सकस
nagariknews.nagariknetwork.com · Sun Jun 07 10:14:18 GMT 2026

चैते धान लगाउने सिजनमै सरकारले न्यूनतम समर्थन मूल्य तोक्दा चितवनका किसान उत्साहित भएका थिए । विगतका वर्षमा धान पाकिसकेपछि मात्र मूल्य निर्धारण गर्ने परिपाटी तोड्दै सरकारले यसपटक रोपाइँकै समयमा प्रतिक्विन्टल दुई हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा समर्थन मूल्य घोषणा गरेको थियो।
किसानले यसलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने सरकारी प्रतिबद्धताका रूपमा बुझे। तर, खेतमा पसिना बगाएर धान भित्र्याउने बेला आइपुग्दा भने त्यो मूल्य कागजमै सीमित बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)