साढे १९ लाख बोकेर काठमाडौं जाँदै थिए पक्राउ परेका गुरुङ
annapurnapost.com · Sun Jun 07 10:22:24 GMT 2026

काठमाडौं : रसुवाको स्याफ्रुबाट काठमाडौं जाँदै गरेका एक जना साढे १९ लाख भन्दा बढी रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार गोसाइँकुण्ड गाउँपालिका-६ धुन्चे बजारमा अस्थायी प्रहरी पोष्ट धुन्चे रसुवाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
स्याफ्रुबाट काठमाडौं जाँदै गरेको ना १ ज ४८०७ नम्बरको भाडाको सुमो गाडीमा उनले बोकेको ब्यागमा १००० दरको नोट १८४५, ५०० दरको नोट २१३ थान र १०० दरको नोट ६ थान गरी १९ लाख ५२ हजार १०० रुपैयाँ फेला परेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु शाहले बताए।
रसुवा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको व्यहोरा प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
नेपाल प्रहरी
काठमाडौँ