प्रस्तावित आयुक्तहरूसँग वर्षमानको चासो : विद्युतीय र अन्तरजिल्ला मतदान
baahrakhari.com · Tue Jul 28 06:39:02 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले आम निर्वाचनमा विद्युतीय मतदानको प्रयोग र त्यसको सुरक्षाको प्रत्याभूतिबारे चासो व्यक्त गरेका छन् ।
संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित निर्वाचन आयुक्तहरूसँग उनले यस्तो चासो व्यक्त गरेका हुन् । प्रविधि र आर्थिकरूपमा समेत संभ्रान्त राष्ट्रहरूमा पनि विद्युतीय मतदानमा समस्या पैदा भइरहेको भन्दै उनले त्यसको प्रयोग र सुरक्षाको प्रत्याभूतिबारे जिज्ञासा राखेका हुन् । ''विद्युतीय मतदानको विषयमा अमेरिकामा समेत प्रश्न उठिरहेको बेला हामीले त्यसलाई सुरक्षित र निष्पक्ष कसरी बनाउन सक्छौँ?'' उनको प्रश्न थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)