पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई चुनावी उम्मेदवारीबाट रोकियो
lokaantar.com · Mon Jan 01 00:14:56 GMT 2024
कारागारमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनका अधिकांश समर्थकहरूलाई आगामी फेब्रुअरी ८ मा हुने निर्वाचनका लागि उम्मेदवारका रूपमा अस्वीकार गरिएको छ । पार्टीका अधिकारीहरूले आइतबार मतपत्रका लागि मनोनयन बन्द भएपछि सो कुरा बताएका हुन् ।
पूर्वप्रधानमन्त्री खान अगस्टदेखि कारागारमा छन् र उनले धेरै मामिलामा मुद्दाको सामना गरिरहेका छन् । उनले आफ्नो पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीको प्रमुखका रूपमा निर्वाचन लड्नबाट रोक्न षड्यन्त्र गरिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)